STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मन्त्रिमण्डल पुनर्गठनपछि ९ सचिवको सरुवा

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन ३०, शुक्रबार

काठमाडाैं – मन्त्रिमण्डल पुनर्गठनपछि बसेकाे बिहीबारको मन्त्रिपरिषद् बैठकले ९ जना सचिवको सरुवा गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको सरुवा गरेको हो ।

सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा पुगेका छन् । 

जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

तत्कालीन सचिव केदारबहादुर अधिकारीको अवकासपछि रिक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी सचिव एकनारायण अर्याललाई दिइएको एक मन्त्रीले बताए ।

उनका अनुसार काठमाडौं महानगरपालिका सचिव  अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको हो ।

प्रधानमन्त्रीका कार्यालयका अर्का सचिव केदार न्यौपाने पनि सरुवा भएका छन् । उनी उपराष्ट्रपति कार्यालयमा सरुवा हुँदा उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई भने प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ ।

Categorized in राजनीति