STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दसैं भत्ता फिर्ता गर्न देउवाकाे निर्देशन

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ३, सोमबार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्‍त्री शेरबहादुर देउवाले दसैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

सभापति देउवाले पार्टीका सबै सांसदलाई सोमबार यस्तो निर्देशन दिएका हुन्। कांग्रेसका धेरै सांसदहरूले यस्तो संकटका बेला भत्ता लिनु लज्‍जाजनक हुने भन्दै आइतबार नै फिर्ता गर्ने घोषणा गरेका थिए।

प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका कांग्रेसका सबै सांसदको  खातामा आएको दसैं भत्ताबापतको रकम कोभिड- १९ उपचार कोषमा जम्मा गर्न संसदीय दलका नेता देउवाले निर्देशन दिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

कोरोना महामारीले सिंगो मुलुक संकटमा रहेको र सर्वसाधारण नागरिकलाई हातमुख जोड्न कठिन भइरहेका बेला सांसदहरूले तलबसहित दसैं भत्ता लिनु उचित नहुने भन्दै देउवाले यस्तो निर्देशन दिएका हुन्।

माहामारी बेला दसैं भत्ता बाँड्ने सरकारले निर्णयको सबैतिरबाट विरोध तथा आलोचना भएको छ। यसबीचमा केही सांसदहरूले व्यक्तिगत रूपमा नै दसैं भत्ता फिर्ता गर्ने घोषणा गरिसकेका छन् ।

Categorized in राजनीति