STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यालय सञ्चालन भएकाेमा स्वास्थ्य मन्त्रालयकाे आपत्ति

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २६, शुक्रबार

काठमाडौं – मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताए। उनले घरमै बसिरहेका बालबालिकालाई समेत संक्रमणकाे जाेखिम रहेकाेले अहिले नै स्कुल खोलेर पठनपाठन गराउँदा संक्रमण अझै बढ्ने बताए ।

 

 

काठमाडौं उपत्यकासहित मुलुकका कतिपय स्थानीय तहमा विद्यालय पुनः सञ्चालन हुन थालेका छन्। विद्यालय सञ्चालन कार्यविधिमा संक्रमणको जोखिम, विद्यार्थी संख्या, भौतिक पूर्वाधारको अवस्था कक्षा सञ्चालनलगायत मोडालिटी र विकल्प सिफारिस गरिएको छ। 

Categorized in शिक्षा