STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषाका दुई म्युजिक भिडियो एकसाथ सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर २७, शनिबार

नेपालभाषाको म्युजिक भिडियो क्षेत्रका एक लोकप्रिय कलाकार  सुरज नापित अभिनित दुई वटा म्युजिक भिडियो एउटै कार्यक्रममा एक साथ सार्वजनिक गरिएको छ । सुरज नापित  एक कलाकार मात्र नभइ म्युजिक भिडियो निर्देशक का रुपमा समेत परिचय बनाएका कलाकर्मि हुन् । उनै सुरज नापितको  निर्देशन र अभिनय रहेको दुई गीतहरू ...छंगु हिसि दुगु ख्वाः... र ...ए जि यःम्ह तिमिला... बोलका नेपालभाषाका म्यूजिक भिडियो अाज शनिबार प्रिमियर गरिएको छ ।

ललितपुरको एम्बियन्स ३६५ मा  शनिबार सम्पन्न प्रिमियर समारोह मा नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशकका रुपमा परिचित वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे प्रमुख अतिथी र लोकप्रिय कलाकार धिरेन शाक्य विशेष अतिथीहरुका रुपमा उपस्थित  भएका थिए । 

शनिबार सार्वजनिक  दुबै गीतका  गायक , गीतकार र संगीतकार  कैलाश महर्जन हुन् भने ती गीतमा बनेको दुबै म्युजिक भिडियोकाे निर्देशन सुरज नापितले गरेका हुन् । उनलाई सह निर्देशकका रुपमा सुजित नापितले साथ दिएका छन् । सार्वजनिक गीतहरु मध्ये "  छंगु हिसि दुगु ख्वाः" गीतमा   स्वयं सुरज नापित र उनकी श्रीमती रीना महर्जनले  अभिनय परेका छन् ।

सार्वजनिक गरिएका  म्युजिक भिडियोका लागि  रोज फेशनले वस्त्र व्यवस्थापन गरेका  हुन् भने दुबै गीतको छायाँकन र सम्पादन  अमर चित्रकार  , सह छायाँकारका रुपमा प्रजोन पराजुलीले साथ दिएका छन् ।  मेकअपमा कलाकार स्वयं रीना महर्जन र संगीता डंगोल रहेका छन् ।

दुबै गीतकाे संगीत संयोजन  बुद्ध सायमि ले गरेका हुन् भने ए जि यःम्ह तिमिलामा टिका घिमिरे, ज्यापुनी इन्दु, तुलसीराम गैरे, रोहन घिमिरे र बि.के. नेवाःले अभिनय गरेका छन् ।

शनिबार सम्पन्न म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि विजयरत्न असंबरेले नेपालभाषा संगीत क्षेत्र साँगितिक रुपमा अग्रपंक्तिमा छ अब आर्थिक रुपमा पनि सबल हुनु पर्ने बेला आएको  कुरामा जोड दिए  भने विशेष अतिथी धिरेन  शाक्यले नेवाः म्युजिक भिडियो पनि टेक्निकलि राम्रो हुँदै आएको बताए  । प्रिमियर समारोह मा दुबै गीतका कलाकार , संगीतकर्मि , प्राविधिक हरु र  सहयोगी पत्रकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Categorized in साहित्य-कला