STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ग्वार्को पेट्रोलपम्पमा तेल ट्यांकरमा आगलागी, ४ वटा मोटरसाइकल ध्वस्त

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २८, आइतबार

काठमाडौं – ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा तेल बोक्ने ट्यांकरमा आगलागी भएको थियो ।

आइतबार साँझ उज्ज्वल पेट्रोल पम्पअगाडि तेल बोक्ने  ना ४ ख ९७४ नम्बरको ट्यांकरमा आगलागी भएको हो । 

आगलागीका कारण पेट्रोल पम्प, ट्यांकर र ४ वटा मोटरसाइकल क्षति भएको जनाइएको छ ।

प्रहरीका अनुसार  रिकेश अवाले सञ्चालक रहेको पेट्रोल पम्पमा तेल झार्ने क्रममा ट्यांकरको अगाडिको भागमा आगो लागेको हो ।

समयमै आगो नियन्त्रणमा लिएको कारण ठूलो क्षति हुन पाएन ।

Categorized in अपराध-दुर्घटना