STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सर्वाेच्चलाई सभामुखकाे जवाफ - प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १९, आइतबार

काठमाडौं - विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको भन्दै सापकोटाले सर्वोच्चलाई लिखित जवाफ पठाएका हुन् ।

सापकोटाले अविश्वास प्रस्तावको दर्ता समयसमेत उल्लेख गरेर लिखित जवाफ पठाउनुभएको उनको सचिवालयले जनाएको छ ।

नेपालको संविधानले यो परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको र संसदबाट अर्को प्रधानमन्त्री बन्ने अवस्था रहँदा रहँदै संसद् विघटन गर्न नमिल्ने उनले पठाएको जवाफमा भनेका छन् ।

प्रतिनिधि सभा विघटनलाई लिएर सर्वाेच्च अदालतले सभामुख, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग प्रतिनिधि सभा विघटन गर्नुको कारण आइतबार (आज) सम्मको समय दिएर लिखित जवाफ मागेको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभा विघटनपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले आपत्ति जनाउँदै आएका छन् ।

Categorized in राजनीति