STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रचण्ड-माधव र ओली समूहको छुट्टाछुट्टै बैठक बस्ने

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १२, बुधबार

काठमाडौं – सर्वाेच्च अदालतकाे संसद विघटन बदरकाे निर्णयसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव र ओली समूहले छुट्टाछुट्टै बैठक बाेलाएकाे छ ।

नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न  कामचलाउ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका हुन् ।

यसैगरी सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्न प्रचण्ड-माधव समूहकाे संसदीय दलकाे बैठक बस्न लागेकाे हाे ।

आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रचण्ड-माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ भने ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।

 

Categorized in राजनीति