STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म्यानमार सैन्य सरकारको विराेधमा दूतावासअगाडि विरोध प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २१, शुक्रबार

काठमाडौं - म्यानमारमा सैन्य सरकारले गरेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ ।

बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले म्यानमारमा नरसंहार बन्द गर, म्यानमारमा लोकतन्त्र पुनर्बहाली गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आफूहरू त्यहाँका जनताको पक्षमा रहेको बताए ।

प्रदर्शनमा नागरिक अभियन्ता गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत सहभागी छन्।

गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारका सबैजसो सहरहरूमा विरोध प्रदर्शन भइरहेको छ।

तस्बिर साैजन्य - सामाजिक सञ्जाल

Categorized in राजनीति