STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एम्स फुटसलमा भीम तुलाधर र चम्सुरीको टिम विजयी

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ चैत्र २, सोमबार

कलाकारहरुलाई एकापसमा परिचित गराउने उद्देश्यले एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजनामा गत फागुन २९ गते एम्स आर्टिष्ट फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

मत्स्य रिक्रियशन सेन्टर मच्छेगाउँमा भएको सो फुटसल प्रतियोगितामा पुरुष कलाकारहरुतर्फ गायक भीम तुलाधरको टिम प्रथम भएको छ भने महिला कलाकारहरुतर्फ कलाकार पल्पसा डंगोल चम्सुरीको टिम प्रथम भएको छ ।

पुरुषतर्फ कृष्णभक्त महर्जनको टिम दोस्रो र भाइकाजि महर्जन नयनको टिम तेस्रो भएको छ भने महिलातर्फ गायिका सरस्वती मानन्धरको टिम दोस्रो र कलाकार हिसिला महर्जनको टिम तेस्रो भएको छ ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको थियो भने फेरि भेटौंला फिल्मका नायक प्रकाश अधिकार विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।

एम्सका अध्यक्ष सुरेन्द्र महर्जन तापाख्यःमिले दिएको जानकारी अनुसार यही चैत १४ गते एक पिकनिकको आयोजना गरी विजयी टिमलाई पुरस्कार प्रदान गरिनेछ ।

Categorized in साहित्य-कला