STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वरिष्ठ कलाकार मोहन निरौलालगायतको टोलीलाई चितवनमा लक्की मिडियाको स्वागत

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र २९, आइतबार

चितवन लगायतका केही शहरहरुमा चेतनामूलक सडक नाटक मन्चन गर्ने क्रममा चितवन पुगेको नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला लगायत टोलीलाई चितवनमा भब्य स्वागत गरिएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउसद्धारा भरतपुरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई भब्य स्वागत गरिएको हो ।

उनीहरुलाई लक्की मिडिया हाउस चितवनका निर्देशक तथा युवा उधमी समाजसेवी हेमन्त केसी "हरि" र महाप्रबन्धक हरि कार्की ‘लक्की’ले स्वागत गरेका थिए । स्वागतपछि चलचित्र क्षेत्रका समस्या, चिन्ता र चासोको बारेमा छलफल भएको थियो । छलफल कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाले पछिल्लो समय चलचित्र क्षेत्र धरायशायी हुंँदा आम कलाकारहरुलाई समस्या भएको कुरा उठाएका थिए । कलाकार देशका गहना रहेको बताउंँदै उनले कलाकारको प्रतिभा र योगदानलाई कदर गर्नुपर्नेमा जोड दिए ।

२ सय ५० भन्दा बढी नाटकमा अभिनय गरेका निरौलाले सयौं नेपाली फिल्महरुमा कलाकार, लेखक, निर्देशक आदिको रुपमा काम गरेका छन् । पछिल्लो समय उनी चलचित्रका अवार्ड समारोहहरु जुरीको रुपमा समेत सक्रिय रहँदै अाएका छन् भने यही साता सम्पन्न राष्ट्रिय समाबेशी म्युजिक अवार्ड २०७७ मा प्रधान मन्त्री के पि शर्मा अोलि रचित स्वदेश मै रोजगार गीतका लागि सर्वोत्कृष्ट निर्देशकको पुरस्कृत व्यक्तित्व हुन् भने सोही गीतकालागि प्रधानमन्त्री अोलि पनि सर्वोत्कृष्ट गीतकार का रुपमा पुरस्कृत भएका थिए  ।

Categorized in साहित्य-कला