STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडाैं उपत्यकामा चार साता लकडाउन गर्न मन्त्रालयको सिफारिस

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ११, शनिबार

कोरोना संक्रमितको संख्या बढ्दै गएकाले काठमाडाैं उपत्यका अतिप्रभावित जिल्लामा चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ ।

कोभिड १९ संकट व्यवस्थापन समिति सीसीएमसीको बैठकमा यसबारेमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

'सीसीएमसीको बैठकमा स्वास्थ्य मन्त्रालयको समेत प्रतिनिधित्व रहन्छ । त्यसमा यो विषयको सुझाव दिइएको छ जनस्वास्थ्यको संवेदनशीलताका आधारमा मन्त्रिपरिषद्को बैठकले उपयुक्त निर्णय लिन सक्छ । अहिले त सुझाव मात्रै दिनुभएको हो', उनले भने ।

सीसीएमसी प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले यस विषयमा प्रधानमन्त्री केपी ओलीलाई आजै ब्रिफिङ गर्ने कार्यक्रम छ । प्रवक्ता गौतमले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेका छन् । सरकारको कोभिडसम्बन्धी मापदण्ड पालना गर्दै सुरक्षित रहन उनले भनेका छन् ।

Categorized in उपत्यका