इजरायल र हमासबीच भीषण युद्धको आशंका
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २९, बुधबार
गाजापट्टीमा प्यालेस्टिनी हमास संगठन र इजरायली सेनाबीच बम हानाहान भइरहेको छ ।
बीबीसीका अनुसार दुई पक्षले एकअर्काविरुद्ध रकेट बम प्रहार गर्ने क्रम झनै तीव्र पारेका छन् । यसले भीषण युद्धको संकेत गरिरहेको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता जनाएको छ ।
पछिल्लो ३८ घण्टामा प्यालेस्टिनी विद्राेहीहरूले एक हजारभन्दा बढी रकेट बम प्रहार गरेका इजरायलले बताएको छ ।
यसपालि हमासले इजरायलको औद्योगिक शहर तेलअभिवलाई निशाना बनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय

