एमाले स्थायी कमिटी बैठक आज बस्दै, नेपाल-खनाल पक्षमाथि कारबाही हुनसक्ने
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ८, शनिबार
नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले माधव नेपाल पक्षमाथि कारबाही गर्न सक्ने कतिपयको अनुमान छ ।
ओलीले पार्टीको उम्मेदवार हराउने कदम क्षम्य नहुने बताइसकेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले एमालेमा अनुशासन उल्लंघन गर्नेहरुमाथि कारबाही हुने बताएका थिए ।
उता बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पनि राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई भोट नदिने प्रदेश सांसदलाई कारबारी गर्ने प्रकृया सुरू गर्न लागेका छन् ।
त्यसको तयारीस्वरूप पौडेलले आज संसदीय बोर्डको बैठक बोलाएका छन् ।
Categorized in राजनीति

