STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान स्थापना

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ कार्तिक १६, मंगलबार

मानवअधिकारवादी नेता पद्यरत्न तुलाधरको तेश्रो स्मृति दिवसको सन्दर्भमा पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान स्थापनाको घोषणा गरिएको छ ।

सो प्रतिष्ठानको  अध्यक्षमा   प्रतिनिधि सभाका पूर्व सभामुख दमननाथ ढुंगाना तथा संरक्षक  जनकवि दुर्गालाल श्रेष्ठ रहने गरी जनस्तरबाट प्रतिस्ठान स्थापना गरिएको हो  भने राष्ट्रिय प्रतिष्ठनको उपाध्यक्ष डा चुन्दा बज्राचार्य, महासचिव प्रा. ओम गुरुड, सचिव पासाड शेर्पा र कोषाध्यक्ष सुम्निमा तुलाधर रहनु भएको समितिको कार्यसमितिमा स्टेला तामाड, आड दावा शेर्पा, सुरेश आले मगर, गणेश विक र अमरेश झा सदस्य हुनुहुन्छ ।

 

पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान स्थापना कार्यक्रमका प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले पद्मरत्न तुलाधरका विचारधारा र आन्दोलनलाई अगाडि लानु सबैको जिम्मेवारी भएको भन्दै प्रतिष्ठानलाई सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

यसैगरी कार्यक्रममा उपस्थित काठ्माडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिष्ठानले गर्ने कार्यक्रमलाई महानगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठानको अध्यक्षता गर्नु हुने पुर्व सभामुख दमन नाथ ढुंगानाले, पद्मरत्न तुलाधरले नेपालको राजनीति र मानवअधिकारको क्षेत्रमा गर्नु भएका कामलाई निरन्तरता दिनुपर्ने भन्दै आजको भेलालाई पद्मरत्न भेलाको संज्ञा समेत दिनु भयो ।

कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, मानव अधिकारकर्मी श्याम श्रेष्ठ, बरिष्ठ राजनीतिकर्मि मल्ल के सुन्दर, बालअधिकारकर्मी र सुम्निमा तुलाधर ले  पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान स्थापना षर्नु पर्ने आजको आवश्यकता बारे औंल्याउनु भएको थियो ।

Categorized in साहित्य-कला