STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाः पत्रकार राष्ट्रिय दबू ख्वपको साधारण सभा सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ कार्तिक २५, बिहिबार

नेवाः पत्रकार राष्ट्रिय दबू ख्वप कच्चाको आठौं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचर्यले नेवाः पत्रकारहरुको हकहितको लगि स्थापना गरिएको दबूले नेवा पत्रकारहरुलाई क्षमता अभिबृद्धिका तालिमहरु आवश्यक भएको हुनाले यस्ता कार्यक्रमहरुलाई प्रार्थमिकतामा राखेर काम गर्दै जानु पर्ने बताउनु भयो । उहाँले दबूले मातृभाषा पत्रकारितामा बिषेश कार्यक्रमहरु गर्दै आएको पनि जानकारी दिनुभयो । कार्यक्रममा भक्तपुर शाखाको नेपाल सम्बत ११४२ को क्यालेन्डर सार्वजनिक गर्दै भक्तपुर शाखाले एउटा नमुनाको काम गरेको पनि बताउनु भयो । कार्यक्रममा भक्तपुर शाखाले राससका पत्रकार रत्न श्रेष्ठद्धारा उहाँका आमा बुवाको नाममा नगद १० हजार सहितको स्व.हरिलाल श्रीलक्ष्मी स्मृति नेवाः पत्रकारिता पुरस्कारको स्थापना गरिने ब्यवस्था गरेको नेवाः पत्रकारहरुलाई उत्साह प्रदान गर्ने राम्रो कामको शुरुवात भएको उहाँले बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघसँग आबद्ध नभएका नेवाः पत्रकारहरुलाई आवश्यक सहयोगको लागि स्थपना गरिएको कल्यानकारी कोषमा करिव २०लाख रुषौयाँ जम्मा भईसकेको पनि जानकारी दिनु भयो ।

त्यस्तै कार्यक्रममा दबूका देन्द्रिय सचिव केके मानन्धरले नेवाः पत्रकारहरु धेरै भए तापनि अझ पनि मुख्य ठाउँमा पुग्न नसकेको र संचार क्षेत्रमा अग्रभागमा बसेर काम गर्न नसकेको बताउनु भयो । 

कार्यक्रममा सभापतित्व गर्नु भएका दबू भक्तपुर शाखाका अध्यक्ष राम गोपाल तमखुले आफ्नो दुई बर्षको कार्यकालमा पहिलो बर्ष सोचे अनुसारको केहि काम गरेतापनि दोस्रो बर्ष कोभिडका कारण केहि गर्न नसकेको बताउँदै अब नेवाः पत्रकारहरुको क्षमता अभिबृद्दि का  लागि बिभिन्न तालिमहरु गर्दै जाने बताउनु भयो । कार्यक्रममा केन्द्रका सहकोषाध्यक्ष बाबुकाजी साछें  श्रेष्ठले पनि दबूमा भएको कोषको बिषयमा बोल्नु भएको थियो।

Categorized in उपत्यका