STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीव्ररुपमा फैलिँदै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन : सर्तकता अपनाउन आग्रह

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर ११, शनिबार

काठमाडौं: -दक्षिण अफ्रीकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै विश्वमै तरंग ल्याएको छ। यतिबेला शक्तिशाली देश अमेरिका, क्यानडा, बेलायत, युरोपीयन मुलुक र छिमेकी देश भारतले पनि उच्च सतर्कता अपनाउन सुरु गरेका छन्। 

यसै क्रममा नेपालले पनि नयाँ भेरियन्टको जोखिम रोक्न तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट देखिएको भन्दै रोकथामका लागि तयारी थालेको हो।

भेरियन्टको म्युटेसन डेल्टा भन्दा खतरनाक हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्। विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट तीब्ररुपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। डब्लूएचओले गत नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा सो भेरियन्टको कोरोना पुष्टि भएको बताएको थियो।

यो भेरियन्टमा खोपले काम गर्ने वा नगर्ने अध्ययन भइरहेको छ। विज्ञहरुले यो भाइरस एक अर्कामा छिटो फैलिने क्षमता राख्ने बताएका छन्। कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्। दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट तीब्ररूपमा फैलिरहेको पत्ता लागेको हो। पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।

Categorized in स्वास्थ्य-मौसम