STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लोक संस्कृति संरक्षणमा गाउँपालिका

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २, सोमबार

केआइसिंह गाउँपालिकाले पुराना लोक संस्कृति संरक्षण अभियान थालेको छ । पुराना लोक संस्कृति तथा परम्परा लोप हुन लागेकाले तिनको संरक्षण, प्रवद्र्धन र विकास गर्न वडा नं ५ रानागाउँमा १५ दिने ‘परम्परागत लोक संस्कृति संरक्षण तथा विकास तालीम’ सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । 
उहाँले भन्नुभयो, “आधुनिक संस्कृतिका कारण हाम्रा पुराना कला र संस्कृति बिस्तारै हराउन थालेकाले तिनीहरुलाई जोगाइराख्न र व्यावसायिक बनाउनका लागि हामीले तालीम सञ्चालन गरेका छौँ ।”
जिल्लामा पछिल्लो समय भित्रिएका आधुनिक बाजा तथा आधुनिक संस्कृतिका कारण यहाँको  डोटेली भाषा, बाजा र संस्कृति लोप हुँदै गएको उक्त वडाका वडाध्यक्ष रामचन्द्र राणाले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटेली संस्कृति लोक संस्कृतिको धनी हो तर आधुनिक संस्कृतिका कारण यहाँको संस्कृति लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्नु सबैको दायित्व हो ।” 
सो गाउँपालिकाले जिल्लामा विशेषगरी दलित जातिले मात्रै परम्परागत रुपमा अँगाल्दै आएको हुड्के नाच र पञ्चेबाजालाई व्यावसायिक रुपमा अघि बढाई स्वरोजगारमुखी बनाउन संरक्षण गर्नाका साथै लगानी पनि गर्न थालेको छ । सो गाउँपालिका–५ स्थित रानागाउँमा रहेका दलित परिवारले अँगाल्दै आएको हुड्के नाच तथा पञ्चेबाजालाई व्यावसायिक बनाउन वडा कार्यालयले आयोजना गरेको सो तालीममा १५ दलित युवाको सहभागिता थियो । सो तालीमका लागि पूर्व नेपालको इलामबाट दुई  प्रशिक्षक झिकाइएको थियो । 
Categorized in राष्ट्रिय