STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमसीसी खारेजीको लागि नेमकिपाको प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७८ पौष १६, शुक्रबार

पुस १६, काठमाडौं -  नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ ।  

एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै नेमकिपाले शुक्रबार दिउँसो काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी नेमकिपाका कार्यकर्ताहरूले 'एमसीसी सम्झौता खारेज गर', 'राष्ट्रघाती सम्झौता चाहिँदैन', 'अमेरिकी साम्राज्यवाद मुर्दावाद', 'एमसीसीका मतियारहरू खबरदार', 'सरकार र सांसदहरू-होसियार', 'भारतीय विस्तारवाद मुर्दावाद'लगायतका नारा लगाउनुका साथै प्लेकार्ड बोकेका थिए ।

माइतीघरमण्डलाबाट सुरु भएको नेमकिपाको प्रदर्शन बानेश्वरमा आएर टुंगिएको थियो । नेमकिपाले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै संसदमा पनि माग गर्दै आएको छ ।

Categorized in राजनीति