STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वर्षा भएपछि पेप्सीकाेलामा मतदान स्थगित

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३०, शुक्रबार

काठमाडौं - काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा भएकाे छ । पेप्सीकाेलामा वर्षाका कारण मतदान नै स्थगित भएकाे छ । अन्य स्थानमा पनि पानी पर्ने सम्भावना छ । केही बेरमै वर्षा गराउने बादल विकास भइरहेको मौसम तथा पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन् ।

उनका अनुसार दिउँसो बागमती प्रदेशको चितवनआसपास मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।

नवलपरासी आसपास यतिबेला पानी परिरहेको छ । पूर्वी तराईको झापा छेउछाउ र पहाडका केही स्थानमा वर्षा भइरहेको छ ।

सुदूरपश्चिममा डडेल्धुराका केही स्थानमा पनि वर्षा भइरहेको छ । अन्य भूभागमा पनि वर्षा हुने पूर्वानुमान छ ।

‘झापातिर बिहान पनि वर्षा भएको थियो । केही बेर रोकिएर फेरि पानी पर्न थाल्यो’, उनले भनिन्, ‘काठमाडौं उपत्यकामा पनि यस्तै हुन सक्छ ।’

मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावले वर्षा हुन लागेको हो । यद्यपि, यसले झरीको रूप भने लिने छैन ।

Categorized in उपत्यका