STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

याैनहिंसाका दाेषीलाई कारबाहीकाे माग गर्दै माइतीघरमा प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ७, शनिबार

काठमाडौं - सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको छ।

प्रतियोगितामा भाग लिएकी एकजना किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाहीको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको हो। पीडितले नाम नै तोकेर घटनाका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भन्दै उनीहरुले दोषीमाथि कारवाही गर्नुपर्ने माग राखेका छन्।

'बलात्कारीलाई सजाय दे', 'दोषीलाई कारबाही गर्', 'बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर्', 'बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर्', ‘बलात्कारी होस् तँ’ भन्दै लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउनु पर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, पुँजीवादी पितृसत्ता मुर्दावाद लगायतका नारा लगाएका थिए।

बुधबार एक युवतीले सामाजिक सञ्जालमार्फत २०७१ सालमा भएको एक सुन्दरी प्रतियोगितामा आफूलाई बलात्कार भएको बताएकी थिइन्। 

Categorized in अपराध-दुर्घटना