STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कामपाका २७ वडामा मत गणना सकियो

Janjati Khabar | २०७९ जेठ ११, बुधबार

काठमाडौँ महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ ।  

 यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६ र १७ को मतगणना जारी छ । 

वडा नं १८ मा एमालेका महर्जन विजय

  पछिल्लो समय जारी गरेको मतपरिणामअनुसार वडा नम्बर १८ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का न्हुछेकाजी महर्जन एक हजार २९३ मत प्राप्त गरी अध्यक्ष पदमा विजय हुनुभएको छ । महर्जनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजन महर्जनले ७७१ मत प्राप्त गर्नुभएको छ । 

    त्यसैगरी वडा सदस्यमा एमालेकै तर्फबाट रचना शर्मा र हेमज्योती शाक्य विजयी हुनुभएको छ । महिला सदस्यमा हीराशोभा डङ्गोल विजय हुनुभएको छ । दलित महिला सदस्यमा यसअघि नै अम्बिका परियार निर्विरोध निर्वाचित  हुनुभएको छ । 

वडा नं १९ मा कांग्रेसका श्रेष्ठ विजय

    वडा नं १९ मा नेपाली कांग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ एक हजार २०० मत प्राप्त गरी अध्यक्ष पदमा विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गर्नुभएको छ । 

    वडा सदस्यमा कांग्रेसका चन्द्रमान डङ्गोल र दिनेशमान जोशी विजय हुनुभएको छ । महिला सदस्यमा कांग्रेसका रेणु कमलभारती शाही र दलित महिला सदस्यमा रञ्जिता परियार विजय हुनुभएको छ । 

    त्यसैगरी कामपाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५४ हजार ६२८ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३४ हजार ४९२ मत प्राप्त गर्नुभएको छ ।

    यसैगरी नेकपा ९एमाले०का उम्मेदवार केशव स्थापितले ३३ हजार ९८१ मत ल्याउनुभएको छ भने उपप्रमुखमा सोही पार्टीका उम्मेदवार सुनिता डङ्गाल ६१ हजार ३१८ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी०का रामेश्वर श्रेष्ठले २० हजार ९०६ मत पाउनुभएको छ ।    

Categorized in उपत्यका