STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १२, बिहिबार

काठमाडौँ महानगरपालिको मतगणना सकिएको छ । महानगरका ३२ वटै वडाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्।

अन्तिम परिणामअनुसार महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन् । उपमेयरमा नेकपा (एमाले)की सुनिता डङ्गोल विजयी भएकी छिन्  । 

बालेनले ६१ हजार सात सय ६७ मत ल्याएका छन् भने उनकी निकटत्म प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार तीन सय ४१ मत ल्याएकी छिन् । एमालेका केशव स्थापितको ३८ हजार एक सय १७ मत आएको छ ।  आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्।

बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्। 

 

सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन्।

उपमेयर उम्मेदवार डङ्गोलले ६८ हजार छ सय १२ मत पाएकी छिन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २३ हजार आठ सय छ मत ल्याएका छन् । 

Categorized in उपत्यका