STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रिका चितवनको वार्षिकोत्सव राजधानीमा

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ५, आइतबार

चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाको ११ वार्षिकोत्सव काठमाडौंमा एक कार्यक्रमको आयोजनागरी  मनाइएको छ । युवा पुस्तामा  लोकप्रिय मानिने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विशेष उपस्थिति रहेको वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ले मोफसलमा रहेर विभिन्न चुनौतीबीच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको प्रशंसा गर्नुभयो । चितवन खबर पत्रिकासँगै अनलाइन संस्करण इ चितवन खबर डट कममार्फत पनि सूचना समाचार सम्प्रेषण गर्दै आएको छ । 

कार्यक्रममा नेपाली चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसूचित गरेको भन्दै प्रशंसा गर्नुभयो । 

त्यस्तै बरिष्ठ गायक आनन्द कार्कीले पत्रिकालाई शुभकामना दिँदै पत्रकारिताको जगतबाट चितवन खबरले समाजमा पु¥याएको योगदान प्रशंसा गर्नुभयो ।

कार्यक्रमको सभापति एवम् पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमार्जन गर्दै लैजाने र पत्रिकालाई यहाँसम्म ल्याई पुर्‍याउने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाताप्रति आभार प्रकटगर्नुभयो । महाप्रबन्धक कार्कीले पत्रिकाले जस्तोसुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लक्की मिडिया हाउस चितवनका निर्देशक समाजसेवी गोविन्दराज पाण्डे, कलाकार कमल खड्का, चलचित्र पत्रकार मनिष कार्कीलगायत नागरिक अगुवा , शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति थियो ।

Categorized in साहित्य-कला