‘सीप’ कार्यक्रम सञ्चालन
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार
मुलुकमा रहेको बेरोजगारीको समस्यालाई न्यून गर्न आगामी चार वर्षमा ९० हजार युवालाई रोगारीको अवसर प्रदान गरिने भएको छ । युकेएड ९संयुक्त अधिराज्यको सहयोग०द्वारा सञ्चालन गर्न लागिएको ‘सीप’ कार्यक्रममार्फत ९० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।
रोजगारीको अवसर प्राप्त गरेपछि उनीहरुको आम्दानीमा कम्तीमा २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । कूल रोजगार प्राप्तमध्ये ४० प्रतिशत महिला र ४० प्रतिशत अशक्त र पछाडि पारिएका समुदाय रहनेछन् ।
सीप च्यालेन्ज फण्ड कार्यक्रममार्फत सूचना सञ्चालित प्रविधि, व्यावसायिक कृषि, जलविद्युत् र निर्माण क्षेत्रमा रोजागरीका अवसर खोजिनेछ ।
सीप कार्यक्रमको शुभारम्भका अवसरमा बेलायती सहयोग नियोग ९डिएफआइडी० नेपालका प्रमुख डा रुरिक मास्र्डेनले रोजगारीको खोजीमा विदेश जाने जनशक्तिलाई नेपालमै रोजगारी प्रदान गरी आर्थिक निकास गर्ने उद्देश्यले कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोत परिचालन तथा सरकारी र सार्वजनिक क्षेत्रका लागि ऋण लगानी एवं प्राविधिक सहयोग गरिनेछ भन्नुभयो ।
प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढङ्गानाले सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सरकारी, निजी क्षेत्र र विकास साझेदार संस्थाको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
उहाँले समृद्धि नै देश विकासका सूचक भएकाले यसका लागि दक्ष जनशक्तिको निर्माण गर्न यस किसिमका कार्यक्रमहरु निकै सहयोगी हुने छन् भन्नुभयो ।
सो अवसरमा सीप कार्यक्रममा टोली प्रमुख बालजीत बोहरा, उपप्रमुख प्रशन्ना केसी र च्यालेञ्ज फण्डका प्रबन्धक हरि पाण्डेलगायतले कार्यक्रमको लक्ष्य र देशको आर्थिक विकासमा पु¥याउने योगदानका बारेमा प्रकाश पार्नुभयो ।


