STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विपी स्मृति भवन निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

कास्कीको माछापुच्छ गाउँपालिका–२ सार्दीखोलामा विपी स्मृति भवन निर्माण गरिएको छ । नेपाली काङ्ग्रेस सार्दीखोला गाउँ एकाइ कार्यसमितिको अगुवाइमा रु ९० लाख लागतमा सो भवन निर्माण गरिएको एकाई सभापति गुञ्जमान गुरुङले जानकारी दिनुभयो । भवन निर्माणका लागि पूर्वगाविस अध्यक्ष आशबहादुर गुरुङले आठ आना जमीन निःशुल्क प्रदान गर्नुभएको थियो । दुई तलाको पक्की भवनको माथिल्लो तला सभाहल तथा तल्लो तलाका चार कोठा कार्यालय प्रयोजनका लागि प्रयोग गरिने उहाँले बताउनुभयो । भवन निर्माणमा सहयोग जुटाउन गाउँ एकाइले केही महीनाअघि कर्णदास साङ्गीतिक साँझको आयोजना गरेको थियो । सो साँझबाट बचत रु १० लाख, देउसीभैलो तथा पार्टीका शुभचिन्तक, शुभेच्छुकबाट सहयोग सङ्कलन गरेर भवन निर्माणका लागि आर्थिक स्रोत जुटाइएको सभापति गुरुङले जानकारी दिनुभयो । सो भवनको वैशाख ६ गते नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालगायतका केन्द्रीय नेताको उपस्थितिमा एक समरोहकाबीच उद्घाटन गरिने पार्टीले जनाएको छ । उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि जमीन प्रदान गर्ने तथा रु ३० हजारभन्दा माथि आर्थिक सहयोग गर्नेलाई सम्मान कार्यक्रम राखिएको गाउँ एकाइ कार्यसमितिले जनाएको छ ।
Categorized in राष्ट्रिय