STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र तयारी समिति

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ४, शनिबार

 

काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको हो ।

उपाध्यक्ष कृष्णबहादुर महराले भनेका छन्, ‘आगामी निर्वाचनका लागि हामीले आजको बैठकबाट घोषणापत्र तयार गर्न एउटा टिम बनाएका छौं । गठबन्धनको तर्फबाट पनि तयारी भइरहेको छ । हाम्रो एउटा मस्यौदा तयार होस भनेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ जनाको टिम बनाएका छौं ।’

उनका अनुसार घोषणापत्र तयारी समितिमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेल, गणेश साह, हरि रोका, परशुराम रम्तेल, जाकिर हुसेन, परशुराम तामाङ, भीमा ढुंगाना, जगत सिंखडा, देव गुरुङ, गिरिराजमणि पोखरेललगायत छन् ।

Categorized in राजनीति