STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मनकामना जाँदै गरेकाे बस दुर्घटना, पाँचकाे मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १३, आइतबार

काठमाडौं - पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।

सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ ।

घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

Categorized in अपराध-दुर्घटना