STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं ८ - सुमनलाई पछि पार्दै घण्टीका विराजले लिए पुनः अग्रता

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ६, मंगलबार

काठमाडौँ ८ मा मंगलबार बिहान ४.१५ बजेसम्म  १४ हजार ५०० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएको छ ।

श्रेष्ठले ४५६३ मत प्राप्त गरेका छन् । यसैगरी यसअघि अग्रता लिइरहेका हाम्रो नेपाल पार्टीका सुमन सायमी यसपटक दाेस्रो स्थानमा आएका छन् । उनकाे लौरो चिन्हले ३ हजार ७ सय ७३ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका शिवसुन्दर राज वैद्यले १८ सय ४०, जसपाका जीवनराम श्रेष्ठले १८ सय ४४ र राप्रापाका प्रकाश रिमालले ११ सय ८७ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा अहिले सम्म काठमाडौंका वडा नं. १३, २३, १९, २० को मतगणना सकाएर अब २४ वडाकाे मतगणना हुँदैछ ।

Categorized in उपत्यका