स्वदेशमै रोजगारी सिर्जना गरिने
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्वदेशमै रोजगार सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट प्रदेशसभा सदस्य लक्ष्मण आचार्यकी आमा तुलसीपुर १२ की पुस्करादेवीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले भन्नुभयो, “अहिले रोजगारी खोज्दै विदेश जानेको लर्को छ, यसले पारिवारिक तागत पनि विघठन भएको छ, यसलाई जोड्नु पर्छ, अर्काको देशमा गएर पसिना बगाए जति नेपालमै बगाए दोब्बर आम्दानी गर्न सकिन्छ ।”
मुख्यमन्त्री पोखरेलले वैदेशिक रोजगारलाई न्यूनीकरण गर्न सरकारले विदेशबाट फर्केकालाई ऋण दिने र विद्यार्थीलाई पनि सर्टिपिकेट धितो राखेर ऋण दिने व्यवस्था गरेको बताउँदै बेरोजगारीलाई रोजगार दिने र रोजगार दिन नसके १०० दिनमध्ये ५० दिन बराबरको भत्ता दिने व्यवस्थाले स्वरोजगार सिर्जना गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी दाङको आयोजनामा भएको सभामा मुख्यमन्त्री पोखरेलले समाजमा सकारात्मक काम गरेर देखाउनुपर्ने समेत बताउनुभयो । आचार्यको ८१ वर्षको उमेरमा चैत २३ गते निधन भएको थियो ।


