रवि लामिछाने भारी मतले विजयी
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ८, बिहिबार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन– २ बाट भारी मतका साथ निर्वाचित भएका छन् ।
लामिछाने ४९ हजार २६१ मतका साथ भारी मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ०९१ मत ल्याएका छन्।
रवि र उमेशको मतान्तर ३४ हजार १७० रहेको छ । त्यस्तै एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गर्दै तेस्रो भए ।
Categorized in राजनीति

