STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जोसुकैसँग मिलेर सरकार गठन गर्न सकिने : माओवादी

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १७, शनिबार

काठमाडौं - माओवादीद्वारा जोसुकैसँग मिलेर सरकार गठन गर्न सक्ने विकल्प खुलाफाइल तस्विर ।

नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राखेकाे छ । शनिबार चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो निर्णय भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

एमालेसँग माओवादी मिल्नसक्ने आशंका भईरहँदा सो पार्टीले सरकार गठनका विकल्पहरु खुल्ला राखेको हो । एमाले नेताहरुले पनि माओवादीलाई सँगै मिलेर जानका लागि आह्वान गरिरहेका छन्। 

उपाध्यक्ष महराले बर्तमान गठबन्धन छोड्ने निर्णय भने नगरेको स्पष्ट पारे। माओवादीले पहिलो चरणमै आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दैं आएको छ। बैठकमा चुनावी नतिजाबारे भएको र अपेक्षा गरेजस्तो नजिता नआएको माओवादीको निष्कर्ष छ ।कुनै पनि दलकाे स्पष्ट बहुमत नआएका कारण सरकार कसरी बन्छ भन्ने अन्याैलता कायमै छ ।

Categorized in राजनीति