राष्ट्रपतिको सवारीले सर्वसाधारणलाई सास्ती, डाक्टरलाई समेत हिँड्न राेकेपछि मुर्दावादकाे नाराबाजी
Janjati Khabar – Janjati Khabar | २०७९ माघ २७, शुक्रबार
काठमाडौं - ड्युटीमा हिँडेका ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा हिँडेका ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथ सिंहमाथि प्रहरीले कुटपिट गरेको हो ।
ड्युटीमा जानैपर्ने बाध्यता भएपछि प्रहरीलाई डा. सिंह आइडी कार्ड देखाउँदै अस्पताल जाँदै थिए । तर, राष्ट्रपतिको सवारी हुँदा नहिँड्नु भनेको होइन भन्द्यै प्रहरीले डा. सिंहमाथि लठ्ठी प्रहार गरे । परिचय पत्र देखाउँदा पनि प्रहरीले डाक्टरलाई कुटपिट गरेको थियो ।
डाक्टरमाथि प्रहरीले कुटपिट गरेपछि डाक्टर नर्स सडकमै विरोधमा उत्रिएका थिए । डाक्टर, नर्सको विरोधसँगै सहिदगेट सुन्धाराबाट रत्नपार्क– जमलसडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
चिकित्सकहरु ‘प्रहरी प्रशासन मुर्दावाद’ भन्दै नाराबाजीमा उत्रिएका थिए । विरोधका क्रममा केही स्वास्थ्यकर्मी घाइते पनि भएका छन्।
Categorized in उपत्यका

