STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बैरागी र पराजुलीलाई वानीरा सम्मान र पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण १६, मंगलबार

सुप्रसिद्ध साहित्यकार वानिरा गिरीको स्मृति मा स्थापना गरिएको वानीरा फाउन्डेसनले नेपाली भाषा–साहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै अाउनु भएका विख्यात व्यक्तित्व बैरागी काइँलालाई उहाँले विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा अति विशिष्ट योगदान पुर्याउनु भएको योगदानको कदर गर्दै ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको कुरा एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिइएको हो ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित ‘वानीरा प्रज्ञा पुरस्कार’ को राशि एक लाख रुपैयाँ रहेको छ ।

 यस्तैगरी नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि पाँच दशक अघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर उत्तर आधुनिक तथा उत्तरउत्तरआधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदानका निम्ति सुप्रसिद्ध साहित्यकार गोपाल पराजुलीलाई पचास हजार रुपैयाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

डा.वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा आगामी २०८० सालको बैशाख १० गते काठमाडौंमा सम्मान र पुरस्कार समर्पण हुने कुरा वानीरा फाउण्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

Categorized in साहित्य-कला