बसन्त कुँवर प्रहरी आइजीपीमा नियुक्त
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १०, शुक्रबार
काठमाडौं - सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बसन्त कुँवरललाई प्रहरी महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नयाँ आइजीपीमा नियुक्त गरेको एक मन्त्रीले बताए।
बरियतामा पहिलो नम्बरमा रहेका कुँवरलाई आइजीपीमा नियुक्त गरिएको ती मन्त्रीको भनाइ छ। अहिलेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आजबाट अवकास पाउँदैछन्।
आईजीपी बन्न टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्य दाबेदार थिए।
Categorized in राजनीति

