relans
ni new 83
nib 2082 5

उपनिर्वाचनकाे लागि २६ दलबाट दर्ता निवेदन

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १३, सोमबार

काठमाडौँ- प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिन २६ राजनीतिक दलबाट दल दर्ताका लागि निवेदन परेको छ । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न दिएको समयसीमा आइतबार सकिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबारसम्म २६ वटा दलले दर्ताका लागि निवेदन दिएको जानकारी दिए ।  तीन राजनीतिक दलले एकल चुनाव चिह्न लिएर चुनावमा स्पर्धा गर्ने जनाउँदै संयुक्त निवेदन दिएका हुन्।

एकल चुनाव चिह्न लिएर स्पर्धा गर्न नेपाल आमा पार्टी, नेपाल सुशासन पार्टी र पुनर्जागरण पार्टी, नेपालले संयुक्त निवेदन दिएका हुन्।

राष्ट्रपतिको निर्वाचनपछि तनहुँ–१ र उपराष्ट्रपतिको निर्वाचनपछि बारा–२ प्रतिनिधि सभा क्षेत्र रिक्त हुँदा दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

 

आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार सबै दलबाट दुवै निर्वाचन क्षेत्रमा भाग लिने गरी निवेदन परेको छ।

Categorized in राजनीति
ppp 2