STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्री हुँदै

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १६, बिहिबार

काठमाडौं - नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ।

कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो।

कांग्रेसबाट उपसभापति खड्कालाई रक्षा र अर्का उपसभापति धनराज गुरुङ्लाई सामान्य प्रशासन मन्त्री बनाउने निर्णय गरेको छ।

यस्तै प्रकाशशरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य रमेश रिजाल परराष्ट्र, एनपी साउँद शहरी विकास, सिता गुरुङ् भूमि ब्यवस्था, डिग बहादुर लिम्बूले कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

Categorized in राजनीति