STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आजदेखि उपनिर्वाचनको आचारसंहिता लागु

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २४, शुक्रबार

काठमाडौँ - बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज (शुक्रबार)देखि आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले उपचुनावका लागि आचारसंहिता लागु गरेको हो ।

चितवन निर्वाचन क्षेत्र नम्बर २, बारा निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार आजदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू हुनेछ ।

आचारसंहिता लागू भएपछि चुनावमा के गर्न पाइन्छ र के गर्न पाइन्न भन्ने विषय निक्र्योल हुन्छ । तर आचारसंहिता उल्लङघनमा देखिने गरी कारबाही नभएको भन्दै आलोचना समेत हुने गरेको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले उपननिर्वाचनमा आचारसंहीता उल्लंघन गर्ने कसैलाई आयोगले नछोड्ने दाबी गरेका छन् ।

Categorized in राजनीति