एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र २५, शनिबार
एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को तयारी तिब्र पारिएको छ । लक्की मिडिया हाउस चितवनले असारमा चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको प्रचार प्रसारलाई तिब्र पार्ने क्रममा चर्चित नायिका पुजा शर्माद्वारा लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक गरिएको छ ।
चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न गर्न लागेको अवार्ड कार्यक्रमको प्रचार को क्रममा लक्की मिडिया हाउसले प्रचार सामाग्री सार्वजनिक गर्ने अभियाननै चलाएको छ । यसै क्रममा लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की "लक्की"ले टिसर्ट मोफसल टुर कार्यक्रममा प्रयोग हुने बताए । मोफसल टुर देशका मुख्य शहरमा पुग्ने कुरा छ । यस क्रममा पहिलो यात्रा बाग्लुङ हुने जनाइएको छ । नेपालका मुख्य शहरमा फिल्मी अवार्डबारे जानकारी गराउने उद्देश्यले यो अभियान अगाडि बढाउन लागिएको हो ।
टिसर्ट सार्वजनिक कार्यक्रममा चितवनका युवा उधमी तथा बरिष्ठ समाजसेवी विजय बहादुर घले, बरिष्ठ दन्त चिकित्सक डा. विष्णुप्रसाद सुवेदी, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष विजय सुवेदी "आवाज", युवा उधमी सुरज तिवारी, अवार्ड कार्यक्रम संयोजक राजेश शर्मा आचार्य लगायतको सहभागिता रहेको थियो । टिसर्ट सौजन्य भरतपुर, मालपोतचोक र गैँडाकोटमा रहेको स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रालिले गरेको थियो । विभिन्न ३० विधामा सिने क्षेत्रका उत्कृष्ट कलाकारलाई अवार्ड वितरण गरिने जनाइएको छ ।
Categorized in साहित्य-कला

