STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बयानका आधारमा ढाका दोषी : लामिछाने

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २९, बुधबार

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट निष्कासित भएका ढाकाकुमार श्रेष्ठले छानबिन समितिसँग स्थिर कुरा नगरेको बताएका छन् ।

बुधबार श्रेष्ठलाई पार्टीबाट निष्कासित गरेपछि रास्वपाबाट आयोजित पत्रकार सम्मेलनमा समितिसँग श्रेष्ठले दिएको बयान विरोधाभासी रहेको र स्थिर नरहेको सभापति लामिछानेले बताए ।

उनले भने, ‘उहाँको कुरामा स्थिरता देखिएन । कोर टीमबारे उहाँले प्रष्ट पार्नुभएको छैन । मलाई सिध्याइयो भने छाड्दिन पनि भन्नुभएको छ । उहाँ बार्गेनिङ प्वाइन्टमा आउनुभएको छ । उहाँले अडिओ मेरो होइन भन्नु भएको छ फेरि अर्कोतिर मलाई सक्ने हो भने नामै लिएर कोर टीमको कसैलाई छाड्दिन पनि भन्नुभएको छ । उहाँले भोलि प्रमाणसहित आए जो भए पनि कारवाही हुन्छ नत्र भोलि जसको पनि नाम लिन सक्नुहोला ।’

पत्रकार सम्मेलनमा सभापति लामिछानेले छानबिन समितिमा ढाकाले दिएको बयानका आधारमा उनी दोषी देखिएको पनि बताएका छन् । साथै, श्रेष्ठले आफू डुबेमा पार्टी नै डुबाइदिन्छु भनेकाले भोलि जसको पनि नाम लिन सक्ने सभापति लामिछानेले बताए ।

उनले भने, ‘उहाँले दिएको सबै बयान हामीले रेकर्ड गरेका छौं । सांसद पद खारेज नगरियोस्, खारेज गरे म जसको नाम लिन सक्छु, सिध्याइदिन्छु भन्नुभएको छ ।’

Categorized in राजनीति