STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपेन्द्र यादवले लिए पद तथा गोपनीयताको शपथ

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १९, मंगलबार

काठमाडौं - बैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सिंहदरबारमा सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। साथै सभामुख घिमिरेले शपथ खुवाउनुको साथै यादवलाई सांसदको लोगो पनि लगाइदिए।

सोही निर्वाचनमा विजयी राष्‍ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लले बैशाख १५ गते शपथ लिइसकेका छ्न्। लामिछाने चितवन -२ बाट र स्वर्णिम तनहुँ -१ बाट निर्वाचित भएका थिए।

Categorized in राजनीति