relans
ni new 83
nib 2082 5

नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २६, मंगलबार

 

काठमाडौं -नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका केसी र चौधरीले बिचौलियाको भूमिका निर्वाह गरेको बताइएको छ । थप दुई पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १० पुगेको छ।

यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ परिसकेका छन् ।

यस प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी भने फरार छन्। मंगलबार सातदोबाटोस्थित रायमाझीको निवासमा खानतलासी गर्न प्रहरी टोली पुगेको थियो। तर, रायमाझीलाई भने प्रहरीले फेला पार्न सकेन ।

Categorized in अपराध-दुर्घटना
ppp 2