STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रख्यात अभिनेता मदनकृष्ण श्रेष्ठले दुइटी श्रीमती भित्र्याउँदा !

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण ११, बिहिबार

हास्य अभिनयकालागि प्रख्यात अभिनेता मदनकृष्ण श्रेष्ठ व गंगाबहादुर मालीले रचना गर्नु भएको नेपालभाषाको गीत " ज्वरा ज्वरा पर्सि ( जोडा जोडा फरिया  ) ” बोलको गीत मह जोडीका "म" यानि वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको साथमा  सरिता शाही  र रोजी डङ्गोल श्रेष्ठको संयुक्त स्वरमा स्वरबद्द भएको गीतको म्युजिक भिडियो बुधबार प्रिमियर सम्पन्न भएको छ ।

 सो म्युजिक भिडियो रामकृष्ण खड्गीको निर्देशनमा बनेको छ ।  नेपालभाषाको उक्त गीत "ज्वरा ज्वरा पर्सि" (जोडा जोडा फरिया) को म्युजिक भिडियोको लोकार्पण CTC Mall को सिनेमा हलमा सम्पन्न भयो । 

उक्त भिडियोमा स्वयम् बहुप्रतिभाशाली मदनकृष्ण श्रेष्ठ का साथमा वरिष्ठ अभिनेत्रीद्वय बसुन्धरा भुषाल  तथा सूर्यमाला शर्मा खनालले अभिनय गर्नुभएको छ । मह जोडीका "ह" यानि वरिष्ठ कलाकार एवं गायक हरिवंश आचार्यज्यू मुख्य अतिथि रहनुभएको उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा वरिष्ठ निर्देशक, कवि, लेखक, रेडियोकर्मी प्रकाश सायमीले यो भिडियो नेपालभाषाको संगीत क्षेत्रमा एउटा मानक कायम गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा यस म्युजिक भिडियोमा अभिनय गर्नुहुने वरिष्ठ कलाकार सूर्यमाला शर्मा, नेवाः म्युजिक भिडियो का प्रथम निर्देशक विजयरत्न असंबर्  समेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । 

गोपालकृष्ण महर्जनको प्रस्तुतिका रुपमा निर्माण भएको ‘ज्वरा ज्वरा पर्सि ’ म्यूजिक भिडियोको निर्देशन र कन्सेप्ट  परिकल्पना रामकृष्ण खड्गींले गर्नु भएको हो । भिडियो प्रिमियर कार्यक्रम गोपालकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो भने गायिका रोजी डंगोलले स्वागत मन्तव्य राख्नु भएको थियो । गीत र भिडियो बारे  गायक तथा अभिनेता मदनकृष्ण श्रेष्ठ र यस भिडियोका निर्देेशक रामकृष्ण खडगीले आआफ्ना कुराहरु राख्नु भएको थियो । ।  

यो गीतको भिडियो छायांकन लुजः सिंहं  र सम्पादन बालकृष्ण बंशीले गर्नु भएको हो । उक्त ‘ज्वरा ज्वरा पर्सि ’ म्यूजिक भिडियोकाे कलरिङ संजीवरत्न शाक्यले गर्नु भएको हो भने हरिशरण सायमिले रेकर्डिङ र जिवित जल्मीले म्युजिक एरेन्ज गर्नु भने  यो म्यूजिक भिडियोकालागि श्रृंगार बिन्दिरा श्रेष्ठले गर्नु भएको हो । https://youtube.com/watch?v=0QLN4S4Mqdo&feature=share

Categorized in साहित्य-कला