STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १६, मंगलबार

काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

सुन प्रकरणमा उच्च स्तरिय छानविन समिति गठन गर्न माग गर्दै एमालेले अवरोध गर्दै आइरहेको थियो । आज एमालेले नियमावली बमोजिमको आकस्मिक समयमा अवरोध नगर्ने, गृहमन्त्रीको जावाफ आइसकेपछि प्रतिक्रिया जनाउने सहमति भएको थियो ।

तर, सत्तारुढ दलका प्रतिनिधि संसद सूचना टाँसेर स्थगित गरौँ भनेर सभामुखलाई आग्रह गरेका थियो। हिजो पनि एमालेले छानविन समिति बनाउनुपर्ने र गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने भन्दै सदन अवरोध गर्ने भएपछि बस्दै नबसी आजलाई सारिएको थियो ।

Categorized in राजनीति