STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नवनियुक्त मन्त्री अनितादेवीको प्रतिबद्धता : सुशासनयुक्त प्रभावकारी सेवा

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २९, सोमबार

काठमाडौँ - नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने  बताएकी छन् ।

सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र छरितो ढङ्गले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको बताइन् ।

मन्त्री अनितादेवीले सङ्घीयतालाई कायम राख्दै सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा अग्रसर रहनेसमेत प्रतिबद्धता व्यक्त गरिन् । आमनागरिकलाई सहज र सुलभ सेवा कसरी दिनेभन्ने बारेमा आफू सचेत रहेको उनको भनाइ छ ।

त्यस्तै निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नवनियुक्त मन्त्री साहलाई स्वागत गर्दै आफूले गर्न नसकेको काम पूरा गर्न सुझाव दिए ।

उनले भने, “सङ्घीय निजामती सेवा ऐनदेखि संविधानले दिएको स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रसम्बन्धी विधेयक अगाडि बढाउन सकिन नवनियुक्त मन्त्रीले यसलाई पूरा गर्ने विश्वास लिएको छु ।”

निवर्तमान मन्त्री मोदीले आफूलाई प्रधानमन्त्रीले राम्रो काम भन्दै मन्त्रिपरिषद्को बैठकमा धन्यवाद दिएको बताए । साथै उनले  सुखद रूपमा बिदाइ हुन पाएकामा खुसी व्यक्त गरे ।

Categorized in राजनीति