STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घट्यो पेट्रोल र डिजेलको मूल्य

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १४, बिहिबार

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले पेट्रोलमा दुई रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो।

घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ। एलपी ग्यासमा भने साविककै मूल्य कायम राखिएको छ।

सञ्चालक समितिको बिहीबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ।  त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ।

निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर तीन सय रूपैयाँ घाटा भए पनि मूल्य यथावत, १८ सय ९५ रूपैयाँ राखिएको छ।

Categorized in बिजनेस