relans
ni new 83
nib 2082 5

चक्रपथ सुधार आयोजनाप्रति बालेन असन्तुष्ट

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १, बिहिबार

काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रमुख शाहले विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै अब दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका हुन्। 

शाहले चक्रपथ अव्यवस्थित भएपछि धुँवा धुलो बढेको, सवारी साधनबाट धुलो सहरका कुनाकुनामा पुग्ने भएकोले निरन्तर सफाइ गर्दा पनि सहरलाई अपेक्षित स्वच्छ बनाउन कठिन भइरहेको उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘चक्रपथ सुधारको दोस्रो फेज (कलङ्की– महाराजगञ्ज) को कामका लागि सन् २०१२ डिसेम्बर १८ मा नेपाल सरकार र चीन सरकारकातर्फ बाट निर्माण पक्षले गरेको सम्झौतामा नेपाल सरकारले १ महिना भित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको २ महिना भित्र निर्माणका लागि सबै पूर्व तयारीको काम सिद्ध्याउने र तेस्रो महिनाबाट काम थाल्ने उल्लेख छ। ४० (३ वर्ष ४ महिना) महिना भित्र आयोजनालाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना १४४ (१२ वर्ष) महिना बितिसक्दा थालनी हुनेसम्मको पनि सङ्केत देखिँदैन ।’ 

सडक निर्माण कार्यले सडकसँग मात्र सम्बन्ध राख्ने नभइ सामाजिक, आर्थिक तथा वातावरणीय ह्रास सँगको क्षतिको विषय उठाएका छन्।

 

Categorized in उपत्यका
ppp 2