STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कंगना रनौत भारतीय लोकसभा निर्वाचनमा विजयी

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २३, बुधबार

काठमाडौं - भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी बलिउड अभिनेत्री कंगना रनौतले लोकसभाको निर्वाचन जितेकी छन् । हिमाचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट उनी विजयी भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराएको जनाइएको छ ।

मिडिया कुराकानीमा उनले आफ्नो जित प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको विश्वासको रुपमा रहेको बताएकी छन् ।

कंगनाले पहिलो पटक चुनाव लडेकी हुन् । उनले ४२ जति फिल्ममा काम गरेकी छन् । कंगनाले सन् २०२० मा प्रोडक्सन हाउस मणिकर्णिका फिल्म्स पनि सुरु गरिन् । उनले पद्मश्री, ४ राष्ट्रिय अवार्ड र ५ फिल्मफेयर अवार्ड पाएकी छन् ।

Categorized in अन्तर्राष्ट्रिय