STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनार्दनले पार्टी फुटाउने र एमालेमा प्रवेश गर्ने हल्ला निराधार : प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ३१, बिहिबार

काठमाडौं -  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउने र एमालेमा प्रवेश गर्ने हल्ला निराधार भएको प्रष्ट पारेका छन् । 

उनले भने, ‘पछिल्ला दिनमा पार्टी फुट्छ भन्ने भ्रम पनि चिरिएको छ । प्रभाकरले पार्टी फुटाउँछन् र एमालेमा प्रवेश गर्छन् भन्ने माहोल बनेको छ, त्यो गलत हो । नेतृत्वमाथि उठाइएको प्रश्न हल भइसक्यो ।’

पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी कमिटी बैठकपछि संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

Categorized in राजनीति