STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १, मंगलबार

काठमाडौं- भारतको दिल्ली राज्यको नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छिन्। मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामापछि आतिशी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन्।

आम आदमी पार्टीको मंगलबार बसेको विधायक दलको बैठकले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। आम आदमी पार्टीका सांसद गोपाल रायले विधायक दलको बैठकले सर्वसम्मत रूपमा आतिशीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको बताए।

मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला आतिशीले सरकारको मुख्य ‘पोर्टफोलियो’ सम्हालेकी थिइन्। शिक्षासमेत मुख्य विभाग सम्हालेकी आतिशीलाई केजरीवालको विश्वासपात्रका रूपमा हेरिन्छ। केजरीवालले केही बेरमा दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाउने बताइएको छ।

अरविन्द केजरीवाल सेप्टेम्बर १३ मा सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए। उनले सेप्टेम्बर १५ मा पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए। केजरीवालले फेब्रुअरीमा महाराष्ट्र राज्यसँगै चुनाव गराउनुपर्नेसमेत माग गरेका छन्। केजरीवाल कथित मदिरा भ्रष्टाचार प्रकरणमा जेल परेका थिए।

Categorized in अन्तर्राष्ट्रिय