relans
ni new 83
nib 2082 5

साफ वुमेन्स: बंगलादेश च्याम्पियन, नेपाल २-१ ले पराजित

Janjati Khabar – Janjati Khabar | २०८१ कार्तिक १५, बिहिबार

काठमाडौं- रितुपोर्ना चक्माले गरेको जादुयी गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै बुधबार वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि रक्षा गरेको हो।

नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो। हारसँगै नेपालको पहिलोपल्ट उपाधि जित्ने सपना अधूरै रह्यो। बंगलादेशले सन् २०२२ को उपाधि दशरथ रंगशालामै जितेको थियो। त्यति बेला पनि बंगलादेशले उपाधिको भिडन्तमा नेपाललाई नै हराएको थियो। नेपालले साफ च्याम्पियनसिपको फाइनलमै पराजित भएको यो छैटौँ पल्ट हो।

रितुले नेपाली पोस्टको ठीक बाहिरबाट गरेको उत्कृष्ट प्रहार सुन्दर गोलमा परिणत भएको थियो। पूरा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी रितुले त्यस्तै खेल फाइनलमा पनि दोहोर्‍याइन्।

पहिलो हाफको गोलरहित बराबरीपछि खेलले गति लिएको थियो। खेलको पहिलो गोल बंगलादेशले निकालेको थियो। नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै ५२ औं मिनेटमा मोनिका चक्माले गोल गरिन्।

नेपालले ५६ औं मिनेटमा बराबरी गोल फर्कायो। प्रीति राईको थ्रु पासमा अमिशाले बंगलादेशी गोलरक्षकलाई कुनै अवसर नदिई गोल गरिन्। पहिलो हाफमा बंगलादेशले सुरुमै मौका पाएको थियो। नेपाली डिफेन्डर गीता राना चिप्लिएको स्थितिमा सिर्जना भएको अवसरमा सविता खातुनको पोस्टमा लागेको थियो।

खेलको दशौं मिनेटमा नेपाल त्यस्तै स्थितिबाट गुज्रियो। सावित्रा भण्डारीको पासलाई नियन्त्रण लिएर अमिशाले गरेको प्रहार पोस्टमा ठोकिएको थियो।

Categorized in खेलकुद
ppp 2